Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Veterinary Hospital and livestock Center, Darchula

DARCHULA

"दार्चुला"जिल्ला सुदुरपश्चिम प्रदेशको उच्च पहाडी अती विकट तथा दुर्गम जिल्लाको नाम बाट चिनिन्छ । यस जिल्लाको कुल क्षेत्रफल २७८२.२८ व.कि. मी. छ भने पुर्वमा चौलानि नदी,पश्चिममा महाकाली नदीको बीच र अपी हिमालको काखमा अवस्थित प्राकृतिक सुन्दरताले भरीपुर्ण यस जिल्लाको उत्तरमा अपी हिमाल श्रृंखलाको मनोरम दृश्यले अवलोकन गर्दा मनै लोभ्याउँछ भने दक्षिणमा खेती योग्य फराकिला फांटले सुशोभित पारेकोछ । विश्व कै प्रख्यात धार्मिक स्थल कैलास,मानसरोवर तिर्थस्थल जाने उपयुक्त मार्ग समेत यस जिल्लामा रहेको छ भने मालिकार्जुन जस्तो धार्मिक स्थल पनि यस जिल्लामा भएकाले धार्मिक तथा सांस्कृतिक रुपमा यो जिल्लाको महत्व र पहिचान बढेकोछ । भौगोलिक विकटता र विकास निर्माणका दृष्टिले पछाडि परेको भएपनि शिक्षा,स्वास्थ्य,कृषि,पशु पालन,खानेपानी सडक निर्माण र प्रति व्यक्ति आयमा अग्रसर नै देखिन्छन् । नेपालको संविधान २०७२ अनुसार मुलुक संघियता र राज्य पुर्नसंरचना अनुरुप दुई नगरपालिका र सात वटा गाउपालिका ,दुई प्रदेश निर्वाचन र एक संघिय निर्वाचन क्षेत्रमा राजनैतीतिक विभाजन भएकोछ । जुन यस प्रकार रहेकाछन् । 1. व्यास गाउपालिका २. अपि हिमाल गाउपालिका ३. दुहुं गाउपालिका ४. नौगाड गाउपालिका ५.मार्मा गाउपालिका ६ . लेकम गाउपालिका ७. मालिकार्जुन गाउपालिका ८. शैल्यशिखर नगरपालिका र ९. महाकाली नगरपालिका । यस जिल्लाको कुल जनसंख्या २०६८ को जनगणना अनुसार १,३३,२७४ रहेको छ भने महिला ६९६६९ र पुरुषको संख्या ६३६०५ छ ।