"दार्चुला"जिल्ला सुदुरपश्चिम प्रदेशको उच्च पहाडी अती विकट तथा दुर्गम जिल्लाको नाम बाट चिनिन्छ । यस जिल्लाको कुल क्षेत्रफल २७८२.२८ व.कि. मी. छ भने पुर्वमा चौलानि नदी,पश्चिममा महाकाली नदीको बीच र अपी हिमालको काखमा अवस्थित प्राकृतिक सुन्दरताले भरीपुर्ण यस जिल्लाको उत्तरमा अपी हिमाल श्रृंखलाको मनोरम दृश्यले अवलोकन गर्दा मनै लोभ्याउँछ भने दक्षिणमा खेती योग्य फराकिला फांटले सुशोभित पारेकोछ । विश्व कै प्रख्यात धार्मिक स्थल कैलास,मानसरोवर तिर्थस्थल जाने उपयुक्त मार्ग समेत यस जिल्लामा रहेको छ भने मालिकार्जुन जस्तो धार्मिक स्थल पनि यस जिल्लामा भएकाले धार्मिक तथा सांस्कृतिक रुपमा यो जिल्लाको महत्व र पहिचान बढेकोछ ।
भौगोलिक विकटता र विकास निर्माणका दृष्टिले पछाडि परेको भएपनि शिक्षा,स्वास्थ्य,कृषि,पशु पालन,खानेपानी सडक निर्माण र प्रति व्यक्ति आयमा अग्रसर नै देखिन्छन् । नेपालको संविधान २०७२ अनुसार मुलुक संघियता र राज्य पुर्नसंरचना अनुरुप दुई नगरपालिका र सात वटा गाउपालिका ,दुई प्रदेश निर्वाचन र एक संघिय निर्वाचन क्षेत्रमा राजनैतीतिक विभाजन भएकोछ । जुन यस प्रकार रहेकाछन् ।
1. व्यास गाउपालिका २. अपि हिमाल गाउपालिका ३. दुहुं गाउपालिका ४. नौगाड गाउपालिका ५.मार्मा गाउपालिका ६ . लेकम गाउपालिका ७. मालिकार्जुन गाउपालिका ८. शैल्यशिखर नगरपालिका र ९. महाकाली नगरपालिका । यस जिल्लाको कुल जनसंख्या २०६८ को जनगणना अनुसार १,३३,२७४ रहेको छ भने महिला ६९६६९ र पुरुषको संख्या ६३६०५ छ ।
Read More
News/Event and Notices
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |
|
Name/Title |
Subject |
Downloads |
No record found. |